बर्दिया । बर्दियाको ठाकुबाबा नगरपालिकामा जंगली हात्तिले आतंक मच्चाएको छ । हरेक राती बर्दिया राष्ट्रिय निकुन्जबाट आउने हात्तिले नगरपालिकाको वडा नम्वर २ मा स्थानियले लगाएको बालीनालीमा नोक्सान पु¥याउनेदेखि लिएर घर समेत भत्काउने गरेको छ । एक सातादेखि जंगली हात्तिले मानव बस्तिमा पसेर सास्ती पुर्याएको स्थानिय प्रेम लामिछानेले बताए । प्राय एक्लै आउने गरेको हात्तिले स्थानियमा आतंक मच्चाएको लामिछानेले बताए ।

बर्दिया राष्ट्रिय निकुन्जका निमित्त प्रमुख अशोक भण्डारीले एउटा हात्तिले स्थानियहरुलाई दुःख दिने क्रम बढेको बताउँदै उक्त हात्तिलाई लठ्याएर नियन्त्रणमा लिने प्रयास भईरहेको जानकारी दिए । रोकथामका लागि विद्युतिय तारबारको व्यवस्था गरिएपनि हात्तिले त्यसलाई समेत नाघेर आउने गरेको छ । विद्युतिय तारबारमा प्राविधिक समस्या आएको र समस्या समाधानको प्रयास भइरहको पनि निमित्त प्रमुख भण्डारीले बताए । राती बस्तिमा पसेको हात्तिले ठाकुरबाबा–२ को बलाँती बुढियासिरमा दुईवटा घरमा क्षति पु¥याएको छ ।

तपाईको प्रतिक्रिया