प्रा. डा. गोविन्द केसीविरुद्ध सर्वोच्च अदालतले अवहेलना मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ ।न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा। केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको बताइएको छ ।प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै आज देखी

आमरण अनसन सुरु गरेका केसीले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको बताएका थिए ।

यता अदालले डा. केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमाभैम पर्ने गरी न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अमर्यादित, अशिष्ट र अवहेलनाजनक अभिव्यक्ति उल्लेख भएको पाइएको भन्दै आदेशमा भनिएको छ, अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो रु निजलाई पक्राउ गरी २०७४र९र२५ गते विहान ९ बजे अदालतमा हाजिर हुन उपस्थित गराउनु भनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा लेखी पठाउनू ।

’अनसन सुरु गर्नु अघि भएको पत्रकार सम्मेलनमा डा। केसीले काठमाडौं नेशनल मेडिकल कलेजबारे गरेको आदेशलाई लिएर न्यायाधाश शाहीको पनि आलोचना गरेका थिए ।

 

तपाईको प्रतिक्रिया