काठमाडौं । नुवाकोटका नेपाली कांग्रेसका युवा नेता लाओस राईको घरमा गरमा गएराती बम बिष्फोट भएको छ । अज्ञात समुहले राखेको बम गएराती १० बजे पड्किएको प्रहरीले जनाएको छ । नुवाकोटको लिखु गाउँपालिका–४ मा रहेको राईको घरमा पड्किएको बमका कारण छिमेकीको परालको कून्यूमा आगलागी भएको छ ।

विस्फोटका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बम विस्फोटको घटनाबारे अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

तपाईको प्रतिक्रिया