फल्स प्रिगनेन्सी एउटा अवस्था हो जहाँ केही महिला आफू गर्भवती भएको भ्रममा बाँच्छन् । अझै पनि कतिपय महिला यस्ता समस्याबाट पीडित हुने गरेको पाइन्छ ।

उनीहरुमा गर्भवती भएको महिलामा जस्तै परिवर्तन आउँछ । वास्तवमा उनी गर्भवती भने भएकी हुदिनन् । शरीरको हर्मन प्रणालीमा निश्चित परिवर्तन आएमा महिलाहरु आफू गर्भवती भएको भनि झुकिन्छन् ।

फल्स प्रिगनेन्सीलाई छद्म गर्भवती वा हिस्टेरिकल प्रिगनेन्सी पनि भनिन्छ । यस्तो अवस्थामा महिलाले गर्भवती महिलाले जस्तै सबै चरण पार गरेका हुन्छन् ।

जब महिलाको बारम्बार मिसक्यारियज हुन्छ वा निश्चित बाँझोपनको समस्या हुन्छ वा मासिक धर्म रोकिने अवस्थामा हुन्छन् ।

उनीहरु गर्भवती हुन चाहन्छन् । यही समयमा उनको शरीरले फल्स प्रिगनेन्सीका लक्षणहरु देखाउन सक्छ । यी लक्षणहरुलाई महिलाको दिमागले गलत ढंगले व्याख्या गर्छ ।

यस्तो अवस्थामा ओइस्ट्रोजेन र प्रोलेक्टेन जस्ता हर्मन महिलाको दिमागबाट निस्काशन हुन्छ जसले गर्दा वास्तवमै गर्भवती भएका लक्षण दिन्छन् । फल्स प्रिग्नेन्सीका लक्षणहरु वास्तविक गर्भवतीका लक्षणसँग मिल्छन् ।

फल्स प्रिग्नेन्सीका बिरामीलार्ई मनिङ सिकनेस हुन्छ,।  कोमल तथा ठूला स्तन हुन्छन र उनीहरुको  अस्वभाविक तौल बढ्छ । मासिक धर्म रोकिएको हुन्छ ।

बारम्बार पेटमा भ्रुण चलेको अनुभूति गर्छन् । हल्का पेट दुख्नु, गर्भासय बढ्नु र पाठेघरको नली नरम हुनु यस गर्भवतीका लक्षण हुन् ।

फल्स प्रिगनेन्सीबाट महिला पीडित भए/नभएको पहिचान गर्न चिकित्सकले उनको लक्षणहरु अध्ययन गर्छन, पाठेघरको परीक्षण गर्छन् र पेटको अल्ट्रासाउन्ड गर्छन् । यस्तो परीक्षण वास्तविक रुपमा गर्भवती महिलाको पनि गरिन्छन् । महिला गर्भवती भएको हो वा होइन भनेर पत्ता लाउन युरिन प्रिग्नेन्सीको पनि परीक्षण गरिन्छ ।

फल्स प्रिग्नेन्सी केही महिनासम्म हुन्छ । गर्भवती भएको भ्रममा बसेका महिलाहरुले वास्तविक अवस्था थाहा पाएपछि त्यसको ‘सक’का कारण परामर्शका लागि मनोचिकित्सकहाँ समेत लैजानु पर्ने हुन्छ । स्वास्थ्य खबरपत्रिका ।

तपाईको प्रतिक्रिया