ताजा खबर:- शुक्रकिट(स्पर्म) प्रजननको लागि निकै आवश्यक कम्पोनेन्ट हुने गर्छ । मानिसहरूप्रति यस विषयलाई लिएर विभिन्न भ्रमको धारणा रहेको छ । हाम्रो समाजमा आज पनि यौन स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा खुलेर चर्चा हुँदैन । यस्तो अवस्थामा यसमा जोडिएको भ्रमका कारण मानिसहरूमा चिन्ता र भय बनिरहन्छ । आज हामी शुक्रकिटसँग सम्बन्धित केही महत्वपूर्ण तथ्यहरूको बारेमा चर्चा गर्दैछौँ, जसको जानकारी राख्न अत्यन्त आवश्यक हुन्छ ।

१-दस हप्तामा शुक्रकिट बन्छ

स्खलन पश्चात शुक्रकिटको निर्माणमा लगभग १० हप्ताको समय लाग्छ । सबैभन्दा पहिले शुक्रकिटको निर्माण अण्डकोषमा हुन्छ । यसपछि यो परिपक्क हुनका लागि एपिडिडिमिसमा जान्छ । त्यहाँबाट यो नलीको माध्यमले वीर्य पुटिकामा पुग्छ र वीर्यसँग मिल्छ । यसपछी प्रोस्टेटबाट अन्य द्रव्य पनि यसमा मिल्छ र तब शुक्रकिट स्खलित हुनको लागि तयार हुन्छ ।

२-शुक्रकिटको निर्माण बन्द हुँदैन

पुरुषहरूमा शुक्रकिट बन्ने प्रक्रिया कहिलै बन्द हुँदैन । महिलाहरूमा एक उमेर पछी अण्डोत्सर्गको प्रक्रिया बन्द हुन्छ तर पुरुषमा शुक्रकिट निर्माणको प्रक्रिया जीवनभरि चलिरहन्छ । बढ्दो उमेरको साथ-साथै पुरुषहरूमा शुक्रकिटको संख्या(स्पर्म काउन्ट) कम हुनथाल्छ ।

३-महिनामा चार पटक स्खलन आवश्यक

एक अध्ययनमा भनिएको छ कि पुरुषहरूले आफ्नो शुक्रकिटको गुण बनाई राख्नका लागि आवश्यक हुन्छ कि उनीहरूले महिनामा कम्तीमा चार पटक स्खलित हुनुपर्दछ । निकै कम मात्रामा इजेकुलेशन(वीर्य निस्कासन गर्ने काम)ले तपाईको शुक्रकिटमा कमी ल्याउन सक्छ । लगातार स्खलित भैरहँदा वीर्यको मात्रामा कमी त आउँछ तर शुक्रकिटको गुण(स्मर्प क्वालिटी)मा कुनै प्रभाव पर्दैन ।

४-विश्व स्वास्थ्य संगठनको अनुसार, सामान्यतय स्पर्म काउन्ट १५-१०० मिलियन मिली हुनुपर्दछ । बुवा बन्नका लागि सामान्य स्पर्म काउन्ट आवश्यक हुन्छ ।

५-शुक्रकिट बढाउने आहार

शुक्रकिट वृद्धिको लागि पुरुषलाई पोषक तत्वयुक्त आहारको सेवन अत्यन्त आवश्यक हुन्छ । यसको लागि गाँजरको रस, बदाम, लसुन, प्याज आदिको सेवन गर्नुपर्दछ । यी आहारले शुक्रकिटमा वृद्धि ल्याउन मद्दतगार हुन्छ ।

तपाईको प्रतिक्रिया