ताजा खबर:- विभिन्न प्रकारको पोषक तत्वहरूले भरिपूर्ण स्याउको सेवनले शरीरलाई स्वस्थ बनाई राख्नुको साथै पाचन प्रणालीलाई दुरुस्त राख्छ । स्याउको सेवनले रोगप्रतिरोधक क्षमता बढ्छ । यसकारण आज यहाँ स्याउको सेवन शरीरको लागि कुन किसिमले लाभदायक छ भन्ने कुरा चर्चा गरिएको छ ।

१-मोटोपन कम गर्नुहोस्

मोटोपनाले ग्रसित व्यक्तिलाई विभिन्न किसिमको स्वास्थ्य समस्या जस्तै:- मुटु रोग, डायबिटीज, बीपी आदि शुरु हुन्छ । स्याउमा पाईने फाइबर मोटोपनलाई कम गर्नका लागि सहायक हुन्छ, जसबाट व्यक्ति खतरनाक रोगहरूको चपेटमा कम आउँछ । साथै यसमा पाईने पौष्टिक तत्वले शरीरलाई ऊर्जा दिन्छ ।

२-कब्जियतको समस्याबाट आराम

यदि तपाई कब्जियत या ग्यास्ट्रिकको समस्याले पिडित हुनुहुन्छ भने स्याउको सेवन तपाईको लागि फाइदाजनक सावित हुन्छ । स्याउमा पाईने फाइबरले पेटको कब्जलाई बिस्तारै-बिस्तारै कम गर्छ । स्याउको मुरब्बा पनि कब्जियत रोगीको लागि लाभकारी हुन्छ । कब्जियत हुँदा शरीरमा विभिन्न रोग हुने खतरा बनिरहन्छ ।

३-दाँतलाई स्वस्थ राख्छ

स्याउमा फाइबर हुन्छ, जसले दाँतलाई स्वस्थ राख्न मद्दत गर्छ । स्याउको सेवनले ब्याक्टेरिया र भाइरसलाई नष्ट गर्छ । साथै स्याउको सेवनले मुखमा थूकको मात्रा बढाउँछ । स्याउको सेवन गर्दा तपाईको दाँत पायरिया रहित रहन्छ ।

४-हड्डीलाई बलियो बनाउँछ

स्याउमा प्रचुर मात्रामा क्याल्शियम पाईन्छ । यसकारण प्रतिदिन स्याउको सेवन गर्दा या यसको जूस पिउँदा हड्डी बलियो हुन्छ । जो व्यक्तिको हड्डी बलियो हुन्छ, उसलाई थकान कम महसूस हुन्छ ।

५-दम रोगीको लागि गुणकारी

स्याउ या स्याउको जूसको सेवन दम रोगीको लागि निकै फाइदाजनक हुन्छ । विभिन्न सोधका अनुसार यो सावित भएको छ कि स्याउ दमको आक्रमणलाई रोक्न प्रभावकारी हुन्छ । यसमा पाईने फ्लेभोनोइड्स फोक्सोलाई शक्तिशाली बनाउँछ । सोधबाट यो पनि सावित भएको छ कि जो मानिस प्रतिदिन स्याउको जूस पिउँछ, उसलाई फोक्सोसँग सम्बन्धित रोगहरू निकै कम हुन्छ ।

६-पाचन प्रणाली दुरुस्त रहन्छ

स्याउमा पाईने अल्कालिनिटी कलेजोलाई शरीरको शोधनमा मद्दत गर्छ । साथै स्याउको सेवनले शरीरमा रहेको पीएच को स्तरलाई पनि नियन्त्रित गर्छ । जसबाट व्यक्तिको पाचन प्रणाली दुरुस्त हुन्छ । पाचन प्रणाली बलियो हुँदा रोग सँग लड्ने क्षमता बढ्छ र स्वस्थ रहन्छ ।

७-कोलेस्ट्रोल कम गर्नुहोस्

बदलिँदो जीवनशैलीमा कोलेस्ट्रोल बढ्नुको समस्या सामान्य हुँदैछ । यसकारण कम उमेरको बच्चा पनि मुटु रोगको शिकार भैरहेका छन् । स्याउ खाँदा या स्याउको जूस पिउँदा बढ्दो कोलेस्ट्रोलको मात्रालाई रोक्न सकिन्छ ।

८-सुन्दरता बढाउँछ

स्याउको सेवनले तपाईको अनुहारमा हुने कालो र सेतो धब्बा कम हुन्छ । जसले तपाईको अनुहारमा चमक ल्याउँछ । साथै यसको प्रतिदिन सेवन गर्नाले शरीरमा रहेको अनावश्यक बोसो बिस्तारै-बिस्तारै कम हुन्छ, जसको कारणले तपाई आकर्षक देखिन थाल्नुहुन्छ ।

९-मधुमेहलाई नियन्त्रित गर्छ

स्याउको सेवनले शरीरमा टाइप-२ मधूमेहको खतरालाई कम गर्छ । यसमा पाईने तत्व शरीरमा ग्लूकोजको कमीलाई पुरा गर्छ । शरीरमा प्रचुर मात्रामा ग्लूकोज रहँदा तपाईलाई इन्सुलिन लिन आवश्यकता पर्दैन ।

१०-अल्जाइमरबाट बचाउँछ

अल्जाइमर मस्तिष्कसँग जोडिएको खतरनाक रोग हो । एक सोधमा पाइएको छ कि प्रतिदिन स्याउको जूस पिउँदा अल्जाइमरको समस्याबाट जीवनभरि बँच्न सकिन्छ । स्याउको सेवनले मस्तिष्कको कोशिकाको रक्षा हुन्छ, जसले अल्जाइमर हुने खतरा एकदम कम हुन्छ ।

११-पत्थरीबाट बँच्नुहोस्

मृगौलामा हुने पत्थरीबाट बँच्नका लागी स्याउको सेवन लाभदायक रहन्छ । यदि तपाईलाई पत्थरी भैसकेको छ र तपाई प्रतिदिन स्याउ खानुहुन्छ भने तपाईलाई पत्थरीको कारण हुने दुखाईमा पनि आराम मिल्छ । यसकारण रोगीलाई चिकित्सकले पनि स्याउ खाने सल्लाह दिने गर्दछन् ।

तपाईको प्रतिक्रिया