काठमाडौँ, २३ पुस – राखेप च्याम्पियनसिपअन्तर्गत १६औँ राष्ट्रिय महिला फुटबल लिगको पहिलो खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले पुलिसलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । आर्मीका लागि कप्तान कृष्णा खत्री र अञ्जली वाइवाले दुई÷दुई गोल गरे ।

पुलिसका लागि घिमकुमारी घिसिङले सानत्वना गोल गरेकी थिइन् । लिगमा आर्मी समूह ‘ख’को उपविजेता बन्दै सुपर लिगमा प्रवेश गरेको छ भने पुलिस समूह ‘क’को विजेता हँुदै सुपर लिगमा पुगेको हो ।

तपाईको प्रतिक्रिया