रुकुम, २३ पुस – जिल्लाको सानीभेरी गाउँपालिकामा आज रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

सानीभेरी गाउँपालिका– ७ की २३ वर्षीया सीता बुढाथोकीको सालको रुखबाट लडेर मृत्यु भएको हो ।

गम्भीर घाइते बुढाथोकीलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया