काठमाडौँ । प्रसिद्ध गायक रामकृष्ण ढकालको “सन्चै छु भन्थेउ..”बोलको गीतको उत्कृष्ट म्युजिक भिडियो सार्वजनिक भएको छ । मोडल सनम कठायत सैनिकको भुमिकामा देखा परेका छ्न र उनको सो भिडियोलागी गरेको मेहनतले अहिले सर्वत्र तारिक बटुलिरहेको छ । नेपाली सेनाको विशेष सहयोगमा तयार बनेको उक्त भिडियोमा सनमसंगै कृस्टिना थापालाई देख्न सकिन्छ ।

सरोज चेम्जोङले लेख्नु भएको शब्दमा तारा प्रकाश लिम्बुको संगित रहेको छ भने सुस्मिता चेम्जोङ प्रस्तुतकर्ता हुनुहुन्छ। एभरेस्ट ग्यालरीले बजार व्यवस्थापन गरेको उक्त भिडियोको निर्देशन जनक सिंहले गरेका हुन भने उत्सव दाहालको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया