धादिङ। घरमा खाने अन्न सकिएपछि दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसबाङवासी सिस्नु र टाँकीको मुन्टा खान थालेका छन् । चिसो बढेसँगै गाउँमा मानिस बिरामी परेको भए पनि खानेकुराको अभावमा कन्दमूल खोज्न जानुपर्ने र आफ्नै बारीमा भएको सिस्नु टिपेर पकाउनुपर्ने भएकाले गाउँवासी खान नपाएर भोकभोकै परेको गाउँ पुगेको सरकारी टोलीले समेत निरीक्षण गरेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सुक्रिमाया चेपाङ २२ वर्षकी हुनुभयो । तीन सन्तान काखमा छन् । एउटा सानो बच्चा १७ महिनाको भयो । अर्को बच्चा पाउने बेला भएको छ । सानो नानी बोकेर घाँस दाउरा गर्नु, कन्दमूल खोज्नु र सिस्नु टिपेर गुजारा गर्नु उनको नियमित दिनचर्या भएको छ । आठ महिनाको गभर्वती पोषिलो खानेकुरा खानुपर्छ आइरन चक्की नियमित खानुपर्छ । भारी बोक्नु हुन्न । धेरै हिँड्नु हुन्न । गर्भावस्थामा चार पटक स्वास्थ्य चौकी गएर स्वास्थ्य जाँच गराउनु पर्छ । आम नेपालीलाई स्वास्थ्यकर्मीले भन्दै आएका छन् तर ब्रुसबाङका महिलालाई यो कुरा एकादेशको कथा जस्तै छ ।

तपाईको प्रतिक्रिया