काठमाडौँ । नेपाली सेनाले रसियाबाट खरिद गर्न लागेको थप दुई एमआई-१७ (भी-५) हेलिकप्टरको विकल्प भन्दै युक्रेन सरकारको स्वामित्वको कम्पनीले काठमाडौंसम्म आएर चर्को लबिइङ थालेको छ।

कूटनीतिक,राजनीतिक र बिचौलिया (केही व्यापारीहरू) मार्फत युक्रेनले पहल थालेको हो। युक्रेन हेलिकप्टर एभिएसनको लबिइङपछि नेपाली सेना र सरकारमा कुन प्रकारको हेलिकप्टर खरिद गर्ने भन्ने बहस सुरु भएको छ।

सेनाले यसअघि एमआई-१७ खरिदगर्ने जनाइसकेको छ। उक्त कम्पनीलेनेपालमा रहेका पूर्वप्रहरी अधिकारीसमेतको कम्पनीमार्फत त्यस्तो लबिइङ थालेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया