रबिन्द्र यादव/नवलपरासी २२ पुस /नवलपरासीको सुरजपुरा देखि प्रतापपुर अाउदै गरेको बिअार २२ एबी २६८७ भारतीय प्लेट नम्बर भएको मोटरसाइकल प्रतापपुर गाउपालिका वडा नम्बर ७ सुरजपुरा नजिक अाफै अनियन्त्रित भई दुर्घटना हुदा गम्भीर घाइते चालकको उपचारको क्रममा मृत्यु भएको छ । गम्भीर घाइते भएका चालकलाई सहिद सामुदायिक अस्पताल चौपता मा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । उक्त अस्पतालका एक कर्मचारी रंजिता यादवले दिएको जानकारी अनुसार मृतक संग २५ हजार भारतीय रुपैया समेत रहेको बताइन् भने मृतकको घाटीमा सुनको सिकड समेत रहेको जनाइएको छ । मृतकको पैकेट भित्र भेटिएको सानो कार्डमा संजय यादव नाम लेखिएको छ । प्रहरीको प्ररम्भिक अनुसंधान अनुसार मृतक भारतीय हुन सक्ने बुझिएको छ । हाल शव लाई पोष्टमार्टनका लागि जिल्ला पृथ्वी चन्द अस्पताल परासी लगिएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया