एजेन्सी । रोचक विचित्रको संसारमा चीन विश्वमा नै अग्रणी स्थानमा छ । जहाँ क्षणक्षणमा रोचक र रमाइला घटनाहरु घटि नै रहेका हुन्छन् । चीनमा यतिबेला फेरि एउटा निकै अनौठो बिहे संस्कारका बारेको खबर भाइरल बनीरहेको छ ।

चीनको एक बिहे समारोहका दौरान देखिएको उक्त दृश्यको भिडियो सोसल मिडियामा अपलोड भएपछि त्यसले चर्चा र विवाद बटुलिरहेको चीनिया समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

सिन्ह्वाका अनुसार उक्त विबाह परम्परामा आफ्नै ससुराले बुहारीलाई चुम्बन गरिरहेको देखिन्छ । समारोहमा ससुराले बुहारीलाई किस गरिरहँदा उपस्थित पाहुनाले ताली बजाइरहेको देखिन्छ ।

चीनको हेमन गाउँको उक्त दृश्य कुनै काल्पनिक नभई त्यहाँको संस्कृति भएको सिन्ह्वाले उल्लेख गरेको  छ ।

तपाईको प्रतिक्रिया