रञ्जन अधिकारी ५२ वर्षका हरिनाथ योगीले आफ्नो घर दाङ घोराही नगरपालिका १०  भएको र चार वर्षअघि पोखरा आएको सुनाए । बाबा भन्दा झण्डै आधा उमेर कम कमलाको विगत भने तीतो छ । स्याङ्जा खिलुङदेउराली घर भएकी २९ वर्षीया कमलाको जन्मदेखि नै बायाँ गोडा चल्दैनन् । यताउति हिँड्न पनि वैशाखी चाहिन्छ । घरतिरै रहेका बेला एउटा मजदुरले उनलाई बिहे गर्छु भन्दै भगाए । उनलाई अझै पनि आफ्नो पहिलो श्रीमान्को नाम थर थाहा छैन । ‘खोई पर्वत कुश्माका रे । राम्री केटी देख्यो । तिम्रो खुट्टा नि छैन । म लैजान्छु पाल्छु भनेर लगेछन् ।’ — योगीले रहस्य खोले– ‘के को पाल्नु ? पोखरा ल्याएपछि पृथ्वीचोकमा बसपार्कतिर माग्न पठाउने अनि आफू मोज गर्न थालेछन् ।’ योगीको कुरा नसकिँदै कमलाले थपिन् – ‘पोखराबाट काठमाण्डु लगेर स्वयम्भूमा माग्न बस्न भन्यो । मैले बटुलेको सबै पैसा रक्सी खान्थ्यो । दिनदिनै कुट्थ्यो । पछि रक्सी खाँदा खाँदै म¥यो ।’

श्रीमान् बित्दा छोरी जन्मेको दुई महिनामात्रै भएको थियो । सुत्केरी महिला देखेपछि प्रहरीले स्याङ्जा माईती थाहा हुनासाथ बस चढाएर पोखरातर्फ फकाईदिए । त्यसपछि कमला विन्ध्यवासिनी मन्दिर सम्झेर त्यहाँ पुगिन् । ‘साह्रै गाह्रो थियो हजुर । न खान पाईयो न सुत्न पाईयो । बाबाले आपत्मा ठूलो गुन लगाउनुभयो । सबै भगवान्कै खेल ।’ कमला बाबातिर हेर्दै खुशीभाव प्रकट गरिन् । अहिले कमला बाबासँग मन्दिर पछाडी कोठा भाडामै लिएर बस्दै आएकी छिन् ।

योगीले फेरि भने – ‘मैले अवला नारीलाई दया गरेको हुँ । नत्र चार महिनाकी सुत्केरी स्याहारेर कसले पाल्छ ? त्यसमाथि उनी अपांग छिन् । माया बसेपछि पाएको छोरो नि १३ महिना पुग्यो । ल हेर्नुस् त ?’ कमला लजाईन् । ‘आफ्नो छोरो जस्तै छोरीको माया लाग्छ त ?’, प्रश्न सुनेपछि बाबालाई दिक्क लागेछ क्यारे, भनिहाले– ‘हे भगवान् , नत्र हुर्कनै पाउने थिएन नि । चार महिनादेखि स्याहारेको छु ।’

तपाईको प्रतिक्रिया