ताजा खबर:- एनोरेक्सिया एक इटिंग डिसअर्डर हो, जसमा रोगी आफ्नो बढ्दो वजनप्रति ज्यादै चिन्तित रहने गर्दछ र यस चिन्ताको कारणले कम भोजन सेवन गर्न थाल्दछ । एनोरेक्सियाले पिडित रोगीहरू ज्यादै अधिक मात्रामा एक्सरसाइज गर्छन् र अत्यधिक डाइटिंगको कारणले भित्रै देखि कमजोर भैरहन्छन् । एनोरेक्सियाले पिडित मानिसमा केही लक्षण देखिन्छ, जसलाई पहिचान गरी यसको उपचार गर्न सकिन्छ । यदि तपाईको वजन तीव्र रूपले कम भैरहेको छ र दाँत पहेँलो देखिन थालेको छ भने तपाई पनि एनोरेक्सियाले पिडित हुन सक्नुहुन्छ । यसको साथै अन्य केही लक्षण छन्, जो एनोरेक्सियातर्फ संकेत गर्छ ।

एनोरेक्सियाको लक्षण

१-एनोरेक्सिया डिसअर्डरले पिडित रोगी खानाबाट टाढा भाग्छ । यस्तो अवस्थामा उसलाई भोक लाग्दा पनि खाना खान नरुचाउने गर्दछ । वजन बढ्ने डर उसलाई यति सम्म हुन्छ कि यदि उसले खाना खाएता पनि तुरुन्त वाशरूम गएर उल्टी गर्दछ या मलको रूपमा बाहिर निकाल्छ ।

२-एनोरेक्सियाले पिडित रोगी एक्लै रहन रुचाउने गर्दछ । यस्ता मानिस समाजबाट टाढा रहन शुरु गर्दछन् र आफ्नो परिवार, साथी आदिबाट टाढा रहन थाल्दछन् । यसको साथै उनीहरू आफ्नो वजनप्रति निकै चिन्तित रहन्छन् र पातलो हुँदा पनि आफूलाई मोटो ठान्ने गर्दछन् ।

३-एनोरेक्सियाले पिडित रोगीको खाना खाने बानीमा अचानक परिवर्तन देखिन थाल्छ । उनीहरू केही विशेष प्रकारको आहारमा बढी जोर दिन थाल्छन् । यसको साथै उनीहरूको बानीमा विभिन्न किसिमको परिवर्तन देखिन थाल्छ ।

४-एनोरेक्सियाले पिडित महिलाहरूको पीरियड्समा पनि केही परिवर्तन देखिन थाल्छ । यस्तो हुँदा महिलाहरूमा तीन या अधिक पटक पीरियड्समा अनियमितताको समस्या हुन्छ ।

५-एनोरेक्सियाले पिडित रोगीलाई सधैँ थकावट महसूस हुन्छ । नियमित आहार सेवन नगर्ने हुँदा उनीहरूको नंग र अनुहारमा पहेँलोपन आउँछ । शरीरमा पोषक तत्वमा कमीले कपाल कमजोर भई झर्न थाल्छ । यस्तो अवस्थामा रोगीमा निराशा र आत्मविश्वासमा कमीको लक्षण देखिन थाल्छ ।

तपाईको प्रतिक्रिया