ताजा खबर:- अत्यधिक मसालेदार भोजनको सेवनले शरीरमा यसलाई पचाउने एसिड्सको उत्पादन आवश्यकता भन्दा बढी हुन्छ । एसिड्सको यही असन्तुलनको कारणले एसिडिटी हुन्छ । यस्तो अवस्थामा पटक-पटक औषधिको सेवन गर्नु भन्दा उचित यो हुन्छ कि तपाई केही घरेलू उपायको प्रयोग एसिडिटीको समस्याबाट सजिलै छुटकारा पाउनका लागि गर्नुहोस् । आज हामी केही यस्तै उपायको बारेमा चर्चा गर्दैछौँ, जुन यस्तो रहेको छ ।

दूध- दूध क्याल्शियमको महत्वपूर्ण स्रोत हो । यो एसिडिटीलाई कम गर्न मद्दतगार हुन्छ । एसिडिटीको कारणले घाँटी र छाती पोल्ने समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ भने एक गिलास चिसो दूध पिउनुहोस् ।

केरा- केरा पोटाशियमको राम्रो स्रोत हुने गर्दछ । साथै यसमा फाइबर पनि प्रयाप्त मात्रामा पाईन्छ । यसले पेटमा एसिडको मात्रालाई सन्तुलित गर्छ । एसिडिटी हुँदा पाकेको केराको सेवन निकै फाइदाजनक हुन्छ ।

सौंफ – सौंफ पेट को ठंडा रखने में फायदेमंद है। ज्यादातर भोजनालयों में इसीलिए भोजन के बाद सौंफ देने की परंपरा है। एसिडिटी होने पर थोड़ा सा सौंफ पानी में उबालकर रात भर के लिए रख दें और सुबह उठकर इस पानी का सेवन करें। यह कब्ज से भी छुटकारा दिलाता है।

सौफ – सौफ पेटलाई चिसो राख्न उपयोगी हुन्छ । बढीजसो भोजनालयमा यसकारण भोजन पश्चात सौफ दिने परम्परा रहेको छ । एसिडिटी हुँदा थोरै सौफ पानीमा उमालेर रातभरी राख्नुहोस् र बिहान उठेर यस पानीलाई पिउनुहोस् । यसले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ ।

इलायची- पेट मोडिने तथा पाचन सम्बन्धि समस्यालाई दुरुस्त गर्नका लागि इलायची निकै प्रभावकारी हुन्छ । यसको सेवन गर्नाले शरीरमा आवश्यकता भन्दा अधिक एसिडको उत्पादन हुँदैन । एसिडिटी हुँदा इलायचीलाई पानीमा हालेर उमाल्नुहोस् र यसलाई चिसो बनाई पिउनुहोस्, जसले तुरुन्त आराम दिन्छ ।

ल्वांग- ल्वांगलाई दाँतको तल दबाएर राख्नाले यसको स्वाद तपाईको पुरै मुखमा फैलिन्छ । यो स्वादले मुखमा बढी मात्रामा लार निर्माण गर्छ, जसबाट पाचन क्रिया सहज हुन्छ । पाचन दुरुस्त रहँदा एसिडिटीको समस्याबाट आराम मिल्छ ।

तुलसी- तुलसीमा एन्टी-अल्सर गुण पाईन्छ । यसले ग्यास्ट्रिक एसिड्सको प्रभावलाई कम गर्नका लागि प्रभावकारी हुन्छ । एसिडिटी महसूस भएमा तुरुन्त तुलसीको केही पातलाई चपाउनुहोस् र केही समयमै आराम मिल्छ ।

तपाईको प्रतिक्रिया