ताजा खबर:- केही यौन संचारित रोग यस्ता हुन्छन्, जसको लक्षण केही समयसम्म स्पष्ट हुँदैन । यस्ता रोगलाई पहिचान गरी यसको उपचार गर्न सहज हुन्छ तर केही यस्ता पनि यौन रोग छन्, जसमा कुनै पनि बाह्य लक्षण देखिदैन । यस्ता रोगहरू कतिपय अवस्थामा घातक पनि हुन्छन् । आज हामी तपाईलाई यस्ता तीन सेक्शुअल ट्रान्समिटेड डिजीजको बारेमा बताउँदैछौँ, जसको लक्षण बाहिरी रूपमा देखिदैन तर यसको संक्रमणले तपाईलाई गम्भीर नोक्सान पुर्याउन सक्छ ।

ह्यूमन पेपिलोमा भाइरस- ह्यूमन पेपिलोमा भाइरस अर्थात् कि एचपीभी(HPV) एक सामन्य यौन संचारित रोग हो । कण्डमको प्रयोगले पनि यसबाट सुरक्षा सुनिश्चित गर्न सक्दैन । शारीरिक सम्बन्ध राख्ने लगभग ५० प्रतिशत मानिसलाई यस रोगबाट ग्रसित हुने सम्भावना हुन्छ । तीस वर्ष भन्दा कम उमेरका मानिसलाई ह्यूमन पेपिलोमा भाइरस टेस्ट गराउन आवश्यक हुँदैन तर तीस वर्ष भन्दा माथिका उमेर समूहका मानिसले यसको जाँच गराउन आवश्यक हुन्छ । ह्यूमन पेपिलोमा भाइरस लाइलाज रोग हो र कतिपय अवस्थामा यो सर्भाइकल क्यान्सरको कारण पनि बन्छ ।

क्लैमाइडिया- यो संक्रमण २५ वर्ष भन्दा कम उमेर समूहका महिलाहरूमा हुने एक सामान्य यौन संचारित रोग हो । यसको पनि कुनै बाह्य लक्षण देखिदैन तरपनि क्लैमाइडियाले संक्रमित पार्टनरसँग सम्बन्ध बनाईसकेपछी पिसाब गर्दा पोल्ने, योनीबाट असामान्य स्राव र दुखाई जस्ता लक्षण महसूस हुन्छ । यी लक्षणको कारणले मानिसहरू यसलाई भेजिनल इन्फेक्शन या यूरिन इन्फेक्शन सम्झने भूल गर्दछन् । क्लैमाइडिया यदि पेल्भिक रीजन या गर्भाशयमा पुग्छ भने यसले फैलोपिन ट्यूब्सलाई ब्लोक गर्दछ र यसकारणले प्रजनन क्षमता प्रभावित हुन्छ । क्लैमाइडियालाई एन्टीबायोटिक्सद्वारा ठिक गर्न सकिन्छ तर यसको लागि समयमा यसको पहिचान गर्न आवश्यक हुन्छ ।

गोनोरिया- गोनोरिया पनि २५ वर्षभन्दा कम उमेर समूहका सेक्शुअली सक्रिय महिलाहरूमा हुने एसटीडी हो । यसको पनि बढीजसो लक्षण क्लैमाइडियाको जस्तै हुन्छ । यसको उचित समयमै उपचार आवश्यक हुन्छ किनकी यो शरीरको अन्य भागमा फैलिन सक्छ । यसको कारणले तपाईको प्रजनन क्षमता नकारात्मक रूपले प्राभावित हुन्छ । एन्टीबायोटिक्सको प्रयोगले यसलाई पनि ठिक गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया