एजेन्सी । बलिउडका तीन खानलाई टक्कर दिने अर्का अभिनेता अक्षय कुमार पछिल्लो समय सफल फिल्म दिन सक्रिय बनिरहेका बेला उनको नयाँ फिल्म केसरीको फर्स्ट लुक सार्वजनिक भएको छ ।

अक्षय कुमारको करियरमा निकै अहम मानिएको केसरीमा उनी सरदारको भूमिकामा देखिने भएका छन् । अझ सरदार खेलाडीका रुपमा । जसको छायांकन सुरु गर्दाकै दिन फस्ट लुक सार्वजनिक गरिएको छ । जुन फिल्मलाई करण जौहरले निर्माण गर्दैछन् । यसैबिच अक्षय कुमारको आउदो २६ जनवरीमा पैडमैन रिलिज हुने तयारीमा रहेको छ भने यही वर्ष नै उनका 2.0, गोल्ड, ल्याण्ड अफ लुंगी, हाऊसफुल – ४ प्रदर्शनमा आउने तयारीमा रहेका छन् ।

तपाईको प्रतिक्रिया