ताजा खबर:- यदि दिनहुँ दूधमा तुलसी मिलाएर पिउनुहुन्छ भने यसबाट कयौँ स्वास्थ्य लाभ प्राप्त हुन्छ । वास्तवमा तुलसीको पात र दूधमा पाईने न्यूट्रीएन्ट्स विभिन्न रोगहरूबाट बचाउन मद्दत गर्छ । यसकारण दिनहुँ दूधमा तुलसी मिलाएर पिउनुको ७ स्वास्थ्य लाभ यस्ता छन्, जानी राखौँ ।

१- यसमा यूजेनोल हुन्छ । यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । मुटुको रोगको खतराबाट जोगाउँछ ।

२-यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । यसले जोर्नीको दुख्ने समस्याबाट आराम दिलाउँछ ।

३-यसमा डाइयूरेटिक गुण हुन्छ । दिनहुँ यसलाई पिउँदा किड्नी स्टोन निस्किन्छ ।

४-तुलसी युक्त दूध पिउँदा शरीरको टोक्सिन्स हट्छ र त्वचाको चमक बढ्छ ।

५-यसमा एन्टीअक्सीडेन्ट्स हुन्छ । यसले क्यान्सरबाट बचाउँछ ।

६-यसमा एन्टीब्याक्टेरियल गुण हुन्छ । यसले रुघाखोकीबाट बचाउँछ ।

७-यसबाट नर्भस सिस्टम आराम रहन्छ । राती निन्द्रा राम्रो आउँछ ।

तुलसीको पात अन्य कुन-कुन तरिकाले प्रयोग गर्दा फाइदा मिल्छ?

-तुलसीमा कालो मरिच र मिश्री मिलाएर पिउँदा रुघाखोकी निको हुन्छ ।

-तुलसीको पातमा जिरा पाउडर मिलाएर खाँदा डिहाइड्रेशनको समस्याबाट आराम मिल्छ ।

-तुलसीको पातलाई चपाउँदा मुखको दुर्गन्ध हट्छ ।

-तुलसीको पातलाई पिसेर अनुहारमा लगाउँदा डन्डीफोर ठिक हुन्छ ।

तपाईको प्रतिक्रिया