ताजा खबर:- आयुर्वेदमा भनिएको छ कि जस्तो अन्न खानुहुन्छ त्यस्तै मन हुन्छ । यो कुरा आधुनिक साइन्सले पनि सावित गरेको छ । फूड एण्ड न्यूट्रीशन एक्सपर्टसका अनुसार आहारले हाम्रो मस्तिष्कलाई निर्णय लिनका लागि मुख्य भूमिका निभाउँछ । कयौँ आहार यस्ता हुन्छन्, जसमा एन्टी अक्सीडेन्ट्स र भिटामिन C को मात्रा अधिक रहन्छ । यस्ता आहारलाई नियमित रूपमा सेवन गरेमा मूड राम्रो रहन्छ र अनुहारमा मुस्कुराहट रहिरहन्छ । यसकारण आज हामी केही यस्ता आहारको बारेमा चर्चा गर्दैछौँ, जसलाई नियमित रूपमा सेवन गरेमा सधैँ अनुहारमा मुस्कुराहट छाउँछ ।

१-केरा

यसमा भिटामिन्स, मिनरल्स र फाइबर्सको साथै स्वस्थ कार्बोहाइड्रेट्स हुन्छ । यसले ब्लड शुगरको लेभल बढाएर मूड फ्रेश बनाउँछ ।

२-अखरोट

यसमा स्वस्थ मोनोसेचुरेटेड फ्याट्स र प्रोटीनको साथै भरिपूर्ण ओमेगा-3 फ्याटी एसिड्स हुन्छ, जसले मूडलाई राम्रो बनाउँछ र डिप्रेशनको समस्यालाई कम गर्छ ।

३-अर्सी

यसमा भरिपूर्ण मात्रामा ओमेगा-3 फ्याटी एसिड्स हुन्छ । यसले डिप्रेशनको समस्याबाट छुटकारा दिन्छ र मस्तिष्कलाई स्वस्थ राख्न मद्दतगार हुन्छ ।

४-डार्क चकलेट

यो प्राकृतिक एन्टीडिप्रेजेन्ट हो । यसले सेरोटोनिनलाई रिलिज गरी मूडलाई राम्रो बनाउँछ र डिप्रेशन बढाउने कार्टिसोल हार्मोनको लेभल घटाउँछ ।

५-फिश

यसमा ओमेगा-3 फ्याटी एसिड्स भरिपूर्ण मात्रामा हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्छ ।

६-बेसारयुक्त दूध

यसमा क्याल्शियम र भिटामिन D को साथै टर्मेरोन्स र कक्र्युमिनोड्स हुन्छ, जसले मूडलाई राम्रो बनाई राख्न सहयोगी हुन्छ ।

७-ग्रीन टी

यसमा पाईने एन्टी अक्सीडेन्ट्स र थियामिन नामक अमीनो एसिड डिप्रेशन र स्ट्रेस हटाउँछ र मूडलाई फ्रेश बनाई राख्छ । 

८-ओट्स

यसमा पाईने हाई फाइबर कार्बोहाइड्रेट्स स्वस्थ शरीरको साथै स्वस्थ महसूस गराउन सहयोगी हुन्छ ।

९-अंगुर

यो एन्टी अक्सीडेन्ट्सले भरिपूर्ण हुन्छ, जसले त्वचालाई जवान राख्छ । यसमा पाईने न्यूट्रीएन्ट्स मूडलाइ राम्रो बनाउँछ ।

१०-अम्बा

यसमा पाईने पोटाशियम, फोलेट र एन्टीअक्सीडेन्ट्स मस्तिष्कमा रक्त प्रवाह सन्तुलित बनाई  राख्छ । भिटामिन B6 मूड राम्रो बनाउन मद्दतगार हुन्छ ।

तपाईको प्रतिक्रिया