काठमाडौं । नायिका श्वेता खड्का आम महिलाहरुका लागी धैर्यताको एक ज्वलन्त उदाहरण हुन् । जो जीवनमा आइपर्ने ठूलो दुख र अप्ठ्यारोमा पनि जीवन बाँच्ने संभावना र समाजका लागी उत्प्रेरणा बनेकी छिन् । करिब ३ वर्षअघि पति श्रीकृष्ण श्रेष्ठलाई गुमाएपछि उनी केही समय प्रभावित भएपनि पुन संघर्षको मैदानमा नै उपस्थि भएकी छिन् ।

कोहुनुर चलचित्रमा श्रीकृष्णसँगै अभिनय गरेर ब्यापक चर्चा कमाएकी श्वेताले श्रीकृष्णको निधनपछि केही ससामाजिक कामहरुको थालनी गरेसँगै चलचित्र निर्माणमा समेत हात हालेकी छिन् । उनले निर्माण गरेको चलचित्र कान्छी’ आउँदो फागुन ४ गते प्रदर्शनमा आउँदैछ ।

हालै मात्रै सो चलचित्रको गीत सार्वजनिक भएसँगै चलचित्रको चर्चा पनि उत्कर्षमा छ । काभ्रेको पनौतीमा जन्मिएकी श्वेता बाल्यकाल र चलचित्र क्षेत्रमा प्रवेश गर्दा निकै संघर्ष गरेको बताउँछिन् । चलचित्र क्षेत्रमा आफ्नो समय बिताउने इच्छा देखाएकी श्वेताले एक अन्तरवार्ताका क्रममा बिहेको विषयमा यस्तो प्रतिक्रिया दिएकी छिन् ।

तपाईको प्रतिक्रिया