काठमाडौं । बलिउड सुपरस्टार संजय दत्तको जीवनीमा आधारित फिल्म दत्त’ मा संजयको फस्र्ट लुक सार्वजनिक भएको छ । जसमा दीया मिर्जा संजयकी पत्नी मान्यताको भूमिका निर्वाह गरिरहेकी छिन् भने रणवीर कपुरले संजय दत्तकै भूमिकामा देखिइरहेका छन् ।

राजकुमार हिरानीले निर्माण निर्देशनमा बन्न लागेको यो फिल्ममा मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपुर, परेश रावल लगायतको भूमिका रहेको छ । फिल्ममा संजयको पुरानी प्रेमिकाको भूमिकामा सोनम कपुर, आमाको भूमिकामा मनिषा कोइराला, पत्रकारको भूमिकामा अनुष्का शर्मा तथा संजयका बुबाको भूमिकामा परेश रावल देखिँदै छन् । जुन चलचित्रलाई बहुप्रतिक्षित फिल्मका रुपमा समेत हेरिएको छ ।

तपाईको प्रतिक्रिया