कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडा सार्कीपार्की टोलका लुहार दम्पतीको गएराति घाँटी रेटेर हत्या प्रयास गरिएको छ। अपांगता भएका अन्जाजी ४० वर्षीय गोविन्द लुहार र उनकी ३५ वर्षीया श्रीमती सरस्वती लुहारको घरभित्रै घाँटी रेटेर हत्याको प्रयास गरिएको हो। दुवै घाइते बेहोस अवस्थामा घरभित्रै फेला परेको झलारी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए। घटनास्थलमा चक्कु र घन फेला परेको उनले बताए।

दुवै जनाको घाँटी र टाउकामा गम्भीर चोट लागेको छ। सो घटनामा संलग्नको खोजीका लागि प्रहरीले अनुसन्धान थालेको छ।

बेहोस अवस्थामा फेला परेका घाइते दम्पतीलाई स्थानीय बासिन्दाको सहयोगमा आज बिहान उपचारका लागि महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्‍याइए पनि अवस्था गम्भीर भएकाले थप उपचारका लागि कैलाली पठाइएको छ। दम्पतीको उपचारका लागि रु १५ हजार बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले उपलब्ध गराउनुका साथै सो घटनाको सत्यतथ्य छानबिनका लागि माग गरेका छन्।

तपाईको प्रतिक्रिया