शुक्रबारबाट ३२ वर्षमा प्रवेश गरेकी अभिनेत्री दीपिका पादुकोण फोब्र्स पत्रिकाको सूचीमा यसपटक बलिउडका धनी सिनेकर्मीमध्ये छैटौं स्थानमा परेकी छन् । सो सूचीमा उनी सन् २०१७ मा बलिउडमा सबैभन्दा बढी कमाउने अभिनेत्रीका रूपमा दर्ता भएकी छन् । उनी सन् २०१७ मा ११ मिलियन अमेरिकी डलर कमाउने अभिनेत्रीका रूपमा पनि सो पत्रिकामा समेटिएकी छन् ।

यतिबेला बलिउडकै सबैभन्दा महँगी अभिनेत्रीका रूपमा दीपिका परिचित छिन् । उनको यतिबेला नयाँ फिल्म ‘पद्मावती’ प्रदर्शनीको तयारीमा छ । वर्षकै बलिउडको सर्वाधिक विवादमा परेको यो फिल्म पनि बक्स अफिसमा सुपर हिट हुनेमा यी अभिनेत्री विश्वस्त छिन् ।

एक दशकअघि फिल्म ओम शान्ति ओमबाट शाहरूख खानको नायिकाका रूपमा उनले बलिउड सिने यात्रा सुरु गरेकी थिइन् । उनको पहिलो फिल्मले नै त्यत्तिबेला सय करोड व्यापार गर्दै सय करोड क्लबको यात्रा तय ग¥यो । उनको यो फिल्मले त्यतिबेला १४९ करोडको व्यापार गरेको थियो । यो एक दशकको अभिनय यात्रामा बलिउडकी सर्वाधिक हिट र व्यावसायिक रूपमा सफल फिल्म दिने नायिकाका रूपमा दीपिका परिचित भइन् । सय करोड व्यापार गर्ने सफल फिल्म दिएकी यी नायिकाका सिनेमाले एक सय करोडबाट दुई सय करोड हुँदै तीन सय करोडसम्मको व्यापार भारतीय बक्स अफिसमा गरिसकेको छ ।राजधानीदैनिकमा खबर छ ।

यस्तै, यी अभिनेत्रीको रेश–२, बाजीराव मस्तानी, पिकु जस्ता सिनेमाले पनि बक्स अफिसमा एक सय करोडको व्यापार गरेको थियो । उनले अभिनय गरेको अर्को फिल्म चेन्नई एक्सप्रेसले ३९५ करोडको व्यापार गरेको थियो । शाहरूख खानसँग अभिनय गरेमध्ये दीपिकाको सर्वाधिक कमाइ गर्ने फिल्म हो यो । शाहरूख खानसँगै दीपिकाले अभिनय गरेको अर्को फिल्म ह्याप्पी न्यु इयर पनि त्यत्तिकै सफल भयो । यो फिल्मले ३४० करोडको व्यापार गरेको थियो ।

यस्तै, ए जवानी है दिवानीले पनि ३११ करोडकको व्यापार ग¥यो । यो फिल्ममा उनले रणवीर कपुरसँग नायिका बनेर काम गरेकी थिइन् । यस्तै, दीपिकाको अर्को व्यावसायिक सफल फिल्म गोलियोंकी रासलीला–रामलीला पनि हो । यो फिल्मले स्वदेशी बजारमा २०२ करोडको व्यापार गरेको थियो । अब पद्मावतीले यी सबै रेकर्ड तोड्ने विश्वास अभिनेत्री दीपिका पादुकोणको छ ।

तपाईको प्रतिक्रिया