एजेन्सी । मोडलिङबाट आफ्नो करियर सुरु गरेकी बलिउडकी नायिका दीपिका पादुकोण जनवरी ५ का दिनबाट ३१ वर्ष पूरा भई ३२ वर्षमा लागेकी छिन् । सन २००६ मा एक कन्नड फिल्मबाट अभिनयको यात्रा सुरु गरेकी दीपिका शाहरुख खानको ‘ओम शान्ति ओम’बाट बलिउडको यात्रा सुरु गरिन् । जो बाल्यकालदेखि नै अभिनयमा विशेष रुची राखिथ्न् ।  उनको जन्म १९८६ जनवरी ५ भएको थियो । दीपिकाको जन्म भारतमा नभइ डेनमार्कको शहर कोपनहेगनमा भएको थियो । दीपिकाका बुवा भारतीय ब्याटमिन्टन खेलाडी हुन भने उनीहरु कोपनहेगनबाट दीपिका ११ महिनाकी भएपछि भारतको बैंगलोर बसाई सरेका थिए । उनकी पाँच वर्ष कान्छी एक बहिनी छिन । उनी पनि खेलाडी हुन । ओम शान्ति ओम, ये जवानी हे दिवानी , चेन्नई एक्सप्रेस, ककटेल, रेस, रामलिला र बाजिराव मस्तानी लगायतका चर्चित फिल्ममा काम गरिसकेकी दीपिका पढाईको मामलामा ठगीएकै हुन् । जम्मा १२ कक्षा मात्र पढेकी यि सुन्दरी अहिले अभिनयकै माध्यमबाट विश्वविख्यात बनिरहेकी छिन् ।

तपाईको प्रतिक्रिया