एजेन्सी । खेलको अन्तिम समयमा आएर म्यानचेस्टर युनाइटेडले लगातार गरेका  २ गोलका कारण उ चौथो चरणमा प्रवेश गरेको छ । जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको गएराती सम्पन्न खेलमा डर्बी काउन्टीबिरुद्ध म्यानचेस्टर युनाइटेडले २–० ले गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा स्थान पक्का गरेको हो । अघिल्लो हाफ गोल रहित बराबरीमा सकिए पनि खेलको अन्तिम ६ मिनेटमा म्यानचेस्टर युनाइटेडका लागी जेसी लिङ्गार्ड र रामेलु लुकाकुले लगातार दुई गोल गर्न सफल भए । । लिङ्गार्डले ८४ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ९० औँ मिनेटमा लुकाकुले सुन्दर गोल गरेपछि युनाइटेड नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया