ताजा खबर:- तिलको हेर्नमा अत्यन्त सानो भएता पनि यसको फाइदा निकै उपयोगी छन । हड्डीलाई बलियो देखि बाक्लो र लामो कपालसम्म तिलको प्रयोग शरीरको हरेक भागको लागि लाभदायक मानिन्छ । सोधमा भनिएको छ कि किसेसमीन नामक एन्टीअक्सीडेन्ट्स पाईन्छ, जसले क्यान्सर कोशिकालाई बढ्नबाट रोक्छ । यसै कारणले यसले फोक्सोको क्यान्सर, पेटको क्यान्सर, ल्यूकेमिया, प्रोस्टेट क्यान्सर, ब्रेस्ट क्यान्सर हुनसक्ने आशंका कम गर्छ । 

तिलको सेवनले तातोपना पनि प्रदान गर्छ । यसकारण चिसो मौसममा यसको सेवन बढी हुन्छ । त्यसैगरि तिलको तेलमा खाना बनाउँदा मुटु स्वस्थ रहन्छ । हुनत: तिल तीन किसिमको हुन्छ- सेतो, कालो र रातो । यहाँ हामी सेतो तिलको फाइदा बारे चर्चा गर्दैछौँ ।

-तिलमा केही यस्ता तत्व र भिटामिन पाईन्छ, जसले तनाव र डिप्रेशनलाई कम गर्न सहायक हुन्छ ।

-तिलमा पाईने लवण जस्तै:- क्याल्शियम, आइरन, म्याग्नेशियम, जिंक र सेलेनियम आदिले मुटुको मांशपेशीलाई सक्रिय राख्न मद्दत गर्छ ।

-तिलमा डाइट्री प्रोटीन र एमिनो एसिड हुन्छ, जसले बच्चाको हड्डीको विकासलाई बढाउँछ । यसको साथै यो मांशपेशीको लागि पनि निकै फाइदाजनक हुन्छ ।

-तिलको तेल त्वचाको लागि अत्यन्त फाइदाजनक हुन्छ । यसको मद्दतले त्वचालाई आवश्यक पोषण मिल्छ र यसमा नरमपन कायम रहन्छ ।

-मुखको छाला निस्कने समस्या हुँदा तिलको तेलमा कालो नून मिलाएर लगाउँदा छाला निस्कने समस्या निको हुनथाल्छ ।

-तिल दाँतको लागि पनि फाइदाजनक हुन्छ । बिहान-साँझ ब्रश गरिसकेपछि तिल चपाउँदा दाँत बलियो हुन्छ र साथै यसले क्याल्शियमको आपूर्ति पनि गर्छ ।

-फाटेको कुर्कुच्चालाई निको पार्नका लागि तिलको तेल गरम गर्नुहोस् र यसमा कालो नून र मैन मिलाएर लगाउनुहोस् । यसो गर्दा फाटेको कुर्कुच्चा चाँडो निको हुन्छ ।

-सुख्खा खोकीले सताउँदा तिललाई मिश्री र पानीको साथ सेवन गर्दा लाभ मिल्छ । यसको साथै तिलको तेललाई लसुनको साथ गरम गर्नुहोस् र मनतातो रूपमा कानमा हाल्दा कानको दुखाईबाट आराम मिल्छ ।

-तिललाई पिसेर खाँदा कब्जियतको समस्या हुँदैन ।

-शरीरको कुनै पनि अंगको त्वचा जलेमा तिललाई पिसेर घिउ र कपूरको साथ लगाउँदा आराम मिल्छ, जसले घाउ चाँडो ठिक हुन्छ ।

तपाईको प्रतिक्रिया