ताजा खबर :– लोकदोहोरी क्षेत्रमा पछिल्लो समय गायक टंक तिमिल्सिना र सम्झना भण्डारी चर्चाका गायकगायिका मानिन्छन् ।
यसैबर्षको तीजमा गायक पशुपती शर्मासँग ‘बत्ती बाल्नै पर्दैन त्यो गाउँमा’ बोलको गीत गाएपछि निकै चर्चामा आएकी गायिका भण्डारीलाई यतिबेला देशका विभिन्न ठाउँमा हुने मेला महोत्सवमा भ्याईनभ्याई छ भने युवापुस्तामाझ निकै रुचाईएका गायक तिमिल्सिना पनि अहिले निकै व्यस्त छन् ।
तिमिल्सिना करिब ५ बर्षअघि साँगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । अहिले उनका दर्जनौं गीत चर्चामा छन् । फरक किसिमको गीत गाउने लवज र शारिरीक हाउभाउकै कारण उनी पछिल्लो पुस्ताका लोकदोहोरी गीत प्रेमीमाझ चर्चित छन् ।
यता गायिका भण्डारी भने करिब ३ बर्षअघि मात्रै साँगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । छोटो समयमै भण्डारीले करिब दुई दर्जन गीत गाईसकेकी छिन् भने केही चर्चाको शिखरमा पनि छन् ।
यी दुवै गायक गायिका एकदमै मिल्ने साथी पनि हुन् । ताजा टिभीको कार्यक्रम ताजा चिट च्याटमा पनि दुवै गायक गायिका निकै खुलेर कुरा गरे । हेरौँ  गायक तिमिल्सिना र गायिका भण्डारीसँग गरिएको यो कुराकानीः


तपाईको प्रतिक्रिया