ताजा खबर:- इरेक्टाइल डिसफंक्शन यस्तो समस्या हो, जसमा लिंग सम्भोगको लागि प्रयाप्त उत्तेजित हुन सक्दैन । यस्तो विभिन्न स्वास्थ्य समस्याको कारण हुनसक्छ । कहिले-काहिँ त कुनै औषधिको दुष्प्रभावको कारणले पनि हुनसक्छ ।

यसको साथै कयौँ किसिमको रोगहरू जस्तै भस्क्यूलर, न्यूरोलोजिकल रोगहरू, मधुमेह या प्रोस्टेट सम्बन्धि उपचार या सर्जरीबाट यो समस्या उत्पन्न हुनसक्छ । लगभग ७५ प्रतिशत पुरुषमा यो जटिल कारणले हुन्छ । एक अध्ययनको अनुसार ४० देखि ७० वर्षको आयु वर्गमा करिब ६० प्रतिशत पुरुषमा केही हद सम्म यो समस्या पाईन्छ । यदि तपाई यो समयमा यस समस्याले ग्रसित हुनुहुन्छ या यस स्थितिबाट बँच्न चाहनुहुन्छ भने यौन चिकत्सकहरूका अनुसार यी ५ उपाय अपनाउनुहोस् ।

१-नियमित रूपले घुम्न शुरु गर्नुहोस्

हार्वर्डको एक अध्ययनको अनुसार दिनहुँ ३० मिनेट हिड्दा इरेक्टाइल डिसफंक्शनको जोखिम ४१ प्रतिशत कम हुने गर्छ । औसत व्यायाम गर्नाले मोटोपनको शिकार भएका पुरुषमा यो समस्या कम हुन्छ ।

२-उचित आहारको सेवन

मैसाच्युसेट्स मेल एजिंग स्टडीको अनुसार, प्राकृतिक आहार जस्तै फल, सब्जी, अनाज र माछा जस्ता पौष्टिक आहार र केही मात्रामा रेड मीट एवम् रिफाइन्ड ग्रेन्सको सेवनले यस जोखिमलाई कम गर्न सकिन्छ । भिटामिन बी12 र भिटामिन डी को ज्यादै कमीको कारणले पनि यो समस्या उत्पन्न हुन्छ । दिनहुँ मल्टीभिटामिन र फोर्टिफाइड फूडको सेवनले वयस्कहरूमा पनि यो समस्या टाढा रहन्छ ।

३-भस्क्यूलर स्वास्थ्यमा ध्यान राख्नुहोस्

उच्च रक्तचाप, उच्च ब्लड शुगर, उच्च कोलेस्ट्रोल र उच्च ट्रीगलीसेराइड्स मुटुको धमनीलाई नोक्सान पुर्याउँछ र यसबाट हृदयघात र मस्तिष्कघात पनि हुनसक्छ । यसको नतिजा इरेक्टाइल डिसफंक्शनको रूपमा पनि आगाडी आउँछ । HDL अर्थात् राम्रो कोलेस्ट्रोलको कमी र मोटोपना बढाउनु पनि यसको कारण हो । चिकित्सक कहाँ जाँच गराउनुहोस् कि कतै कुनै भस्क्यूलर प्रणाली प्रभावित भएको त छैन किनकी तपाईको मुटु, मस्तिष्क ठिक रहोस् र सेक्स स्वस्थ बनिरहोस् ।

४-फिटनेसमा ध्यान दिनुहोस्

दुब्लो एवम् पातलो रहने कोशिश गर्नुहोस् । कम्मरको मोटोपन यदि ४० इन्चसम्म पुगेको छ भने यस्ता पुरुषमा ३२ इन्च कम्मर हुने पुरुषको तुलनामा इरेक्टाइल डिसफंक्शनको जोखिम ५० प्रतिशत अधिक हुन्छ । यसकारण वजन नियन्त्रणमा राख्नुहोस् । मोटोपनको कारणले भस्क्यूलर विकार र मधुमेहको जोखिम बढ्छ र यो इरेक्टाइल डिसफंक्शनको प्रमुख कारण हो । अतिरिक्त फ्याटले पुरुषको हार्मोन्सलाई प्रभावित गर्छ र यो पनि समस्याको जरा हुनसक्छ ।

५-मांशपेशीको व्यायाम गर्नुहोस्

नितम्ब (मानव शरीरको ढाडको तल तथा तिघ्राको माथि कम्मर नजिकको पछाडीको भाग) बलियो रहेमा लिंगमा कडापन ल्याउन मद्दत मिल्छ र रक्त प्रवाह यसैतर्फ बनिरहन्छ । एक ब्रिटिश परिक्षणको अवधि अनुसार तीन महिनासम्म दिनहुँ कम्मर एवम् नितम्बको एक्सरसाइजको साथै बायोफीडब्याक र जीवनशैलीमा परिवर्तन जस्तै:- धुम्रपान छोड्नु, वजन कम राख्नु, जाँडरक्सीको सेवन सीमित गर्दा राम्रो नतिजा प्राप्त हुन्छ ।

तपाईको प्रतिक्रिया