ताजा खबर:- जाडोमा धेरैजसो मानिसहरू पानी पिउनबाट टाढा रहेन गर्दछन् । यस्तो अवस्थामा शरीरमा पानीको कमी हुन्छ । यसबाट शरीरलाई खतरा रहन्छ । पानीको कमीले शरीरमा ऊर्जा कम हुनथाल्छ र शरीर रोगी हुनसक्छ । यस्तो अवस्थामा केही यस्ता खानालाई आफ्नो आहारमा समावेश गरी शरीरमा पानीको कमीलाई पुरा गर्न सकिन्छ ।

दही र पालक

हुनत: दही चिसो हुन्छ तर जाडोमा तपाईले दही खानुपर्दछ । दहीले शरीरमा पानीको कमीलाई पुरा गर्दछ । यसलाई नियमित खाँदा हड्डी निकै बलियो हुन्छ । यसलाई तपाईले दिनहुँ नास्तामा लस्सी बनाएर पनि सेवन गर्न सक्नुहुन्छ । शरीरलाई यसले डिहाइड्रेशनबाट बचाउँछ । यसको साथै पालक खाँदा पनि शरीरमा पानीको कमी हुँदैन । यसैगरि पालकमा भरिपूर्ण मात्रामा प्रोटीन र भिटामिन हुन्छ, जसले शरीरमा पानीको कमी हुन दिँदैन ।

कागतीको सेवन

कागती शरीरलाई भिटामिन सी प्रदान गर्नका लागि एक ठूलो स्रोत हो । यसको सेवनले शरीरमा पानीको कमी हुँदैन । कागतीलाई तपाईले विभिन्न किसिमले खान सक्नुहुन्छ । मानिसहरू यसको सेवन बढीजसो खाना खाने समय सलादको रुपमा गर्दछन् । यसकारण जाडो मौसममा यसको सेवन गर्न अत्यन्त आवश्यक हुन्छ ।

चामल र स्याउ

हुनत: चामलले फ्याट बढाउँछ तर यस मौसममा शरीरलाई निकै फाइदा पुर्याउँछ । वास्तवमा चामलमा प्रशस्त मात्रामा पानी हुन्छ । यसको साथै फलफूलमा स्याउमा पानी प्रयाप्त मात्रामा हुन्छ । यसमा भिटामिन सी को साथै फाइबर र क्याल्शियम पनि हुन्छ । तपाईले यसको सेवन अवश्य गर्नुपर्दछ किनकी यसबाट तपाईको शरीरमा पानीको कमी हुँदैन ।

तपाईको प्रतिक्रिया