काठमाडौँ – चलचित्र ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ ।। माघ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा नरेन खड्का, रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रले शहरबाट गाउँ घुम्न गएका युवतीहरु गाउँलाई नै स्वर्ग बनाउन लागेको कथालाई देखाइएको उक्त फिल्म माघ १२ गतेबाट प्रदर्शनमा आँउदेछ ।अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मका कोरियोग्राफरको काम गोविन्द राईले गरेका छन् । फिल्मका निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँ हुन् ।चलचित्रको कथा सुनिता बराल बजगाइँले लेखेकी हुन् ।

तपाईको प्रतिक्रिया