पोखरा । पोखरामा शुक्रबार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।छोरेपाटनबाट लामाचौरतर्फ गइरहेको ग ३ प ३०६८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आइरहेको नम्बर नखुलेको पल्सर मोटरसाइकल पोखरा लेखनाथ महानगरपालिका–१६ दीपमा एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनामा ग ३ प ३०६८ नम्बरको मोटरसाइकल चालक पर्वतको त्रिवेणी गाउँपालिका–७ बस्ने ४४ वर्षीय कुलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको हो । छोरेपाटनबाटै लामाचौरतर्पm गइरहेको ग १ ख ६४५१ नम्बरको माइक्रोबस र सोही दिशाबाट गइरहेको सो मोटरसाइकलले माइक्रोबसलाई उछिन्न खोज्दा विपरीत दिशाबाट आएको मोटरसाइकलसँग ठोक्किएर मोटरसाइकल अनियन्त्रित भएर बसको टायरमा पर्न गएको बताइएको छ ।फरार पल्सर मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया