लहान नगरपालिका–२४ बस्तीपुरकी एक महिला डेढ महिनादेखि सम्पर्कविहीन भएपछि परिवारका सदस्यहरु चिन्तित बनेका छन् ।बस्तीपुर निवासी महेन्द्र यादवकी कान्छी पत्नी आशादेवी यादव आफ्ना दुई वर्षीय छोरासहित विगत डेढ महिनादेखि बेपत्ता भएपछि परिवारजन चिन्नित बनेका हुन् ।

जेठी श्रीमतीका छोराबुहारीसँग विवाद भएपछि आशादेवी आफ्ना काखे बालकसहित बेपत्ता भएको उहाँका पति महेन्द्रले जानकारी दिनुभयो ।

बेपत्ता भएकी आफ्नी पत्नी र छोरालाई खोजी गरिदिन इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिए पनि हालसम्म फेला नपरेको महेन्द्रले बताउनुभयो । यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले सम्पर्कविहीन भएकी आशादेवीको खोजी भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया