काठमाडौँ । रुपन्देहीका स्थानीय ब्यापारी बसन्त पौडेल बलुको हत्या भएको बिरोधमा बुटवल बन्दको आब्हान गरिएसँगै बजार ठप्प भएको छ । शुक्रबार बिहान ११ बजे अज्ञात २ ब्यक्तीले मोटरसाइकलमा आएर बिहान ११ बजे बसन्त माथि गोली प्रहार गरेका थिए । उनको उपचारार्थ लुम्बिनी अञ्चल अस्पतालमा लैजांदै गर्दा मृत्यु भएको थियो । तत्काल हत्यारा पत्ता नलगाए अनिस्चितकालिन रुपन्देही बन्द हुनेछ युवा संघ अध्यक्ष नकुल शाहले भने । यसैबिच हत्यारालाई तत्कालै कारवाही नगरिए भोली रुपन्देही बन्द गर्ने युवा संघ अध्यक्ष नकुल शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया