एजेन्सी । ‘तुम्हारी सुलु’, ‘डर्टी पिक्चर’ जस्ता सुपरहिट फिल्म दिइसकेकी भारतीय चर्चित नायिका विद्या बालन बलिउडकी स्थापीत नायिका हुन् । बेलोबलामा विभिन्न कारणले चर्चामा आइरहने यि सुन्दरी नायिकाले चलचित्रमा स्थापीत हुन ठूलै संघर्ष गर्नु परेको थियो ।

उनको चलचित्र अभिनयका क्रममा पहिलो गासमा नै ढुंगा लागेको थियो । यसैबिच सुन्दरी हुँदा हुँदै पनि केही मात्रामा नाक ठूलो भएकी यि नायिकालाई निर्माता विधु विनोद चोपडाले विद्याको नाक लामो भएकाले सर्जरी गर्नुपर्ने भनेपछि उनी केही दिन तनावमा भने आइन् तर कसैको सुझावलाई स्विकारिनन् । नायिका विद्याले तत्काल प्रदिप सरकारलाई भनिन् ‘मैले आफ्नो नाकको सर्जरी गर्न सक्दिनँ । मलाई फिल्ममा राख्ने हो भने यही अवस्थामा राख्नुहोस् नत्र म काम गर्दिनँ ।’ विद्याको जवाफ सुनेपछि सर्जरी गर्न आवश्यक नभएको र उनले फिल्म खेल्न सक्ने उनले बताए । ३८ वर्षीया विद्यालाई अझैपनि अनौठा–अनौठा सल्लाह दिने मानिसको कमी छैन । केही मानिसले अनुहारमा भएका रेखा हटाउनका लागि उपचार गर्नु पर्ने बताएपछि उनले आँफुलाई अनावश्यक सुझाव नदिन आग्रह गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया