कोरियामा मुसलमानको संख्या खासै ठूलो नभएकाले हामी मुसलमानबारे जे सुन्छौँ, त्यसको माध्यम प्रायः समाचारहरू नै हुन्छन्कोरियाली प्रायद्वीपमा इस्लाम निकै ढिलो पुग्यो । दक्षिण कोरियाको पहिलो मस्जिद १९७६ मा बनेको इतिहासबाटै पनि यसको सहज अनुमान लगाउन सकिन्छ । पिउ रिसर्चको एउटा रिपोर्टअनुसार उत्तर कोरियामा २०१० मा मुसलमानको जनसंख्या करिब तीन हजार थियो भने दक्षिण कोरियामा यो संख्या ७६ हजार थियो । यद्यपि कोरियाली मुसलमानहरूको जिन्दगी बाँकी संसारका लागि एउटा रहस्यमय नै छ ।

हालैमा युट्युबमा भिडियो सेयर गर्ने च्यानले जेटिबिसी इन्टरटेनमेन्टले आफ्नो ‘एब्नर्मल समिट’ नामको एक कार्यक्रममा यसै प्रश्नमाथि एउटा सो आयोजना गरेको थियो । सोमा दुई मुसलमान संलग्न भएका थिए । तीमध्ये एक कोरियाली मूलकी मुसलमान युवती ओला थिइन् भने अर्का पाकिस्तानी मूलका जाहिद हुसेन । दुवैका सामु एउटै प्रश्न गरिएको थियो– कोरियामा एक मुसलमानको जीवन कस्तो छ ?

जाहिदको भनाइ जाहिद भन्छन्– इन्टरनेटमा आएका केही प्रतिक्रिया पढ्दा मलाई मानिसको इस्लामप्रतिको दृष्टिकोण देखेर अचम्म लाग्यो । एउटा प्रतिक्रियामा लेखिएको थियो– तिमी हलाल गरिएको मासु खान चाहन्छौ भने आफ्नै देश जाऊ न । यहाँ के गरिरहेका छौ ? मैले त्यहाँ यस्ता कैयौँ प्रतिक्रिया देखेको थिएँ ।

जाहिद अगाडि भन्छन्– केही राम्रा प्रतिक्रिया पनि थिए । एकजनाले लेखेका थिए– सबै मुसलमान चरमपन्थी हुँदैनन् तर सबै चरमपन्थी मुसलमान हुन्छन् । तर, उनीहरू यसलाई राम्ररी बुझ्छन् भन्ने मलाई लाग्दैन । जब मानिसहरू एकअर्काका संस्कृति बुझ्न थाल्छन्, तब मात्र परिस्थिति बदलिन थाल्छ ।

ओलाको भनाइ ओला बोरा संगले २००७ मै इस्लाम अपनाएकी थिइन् । त्यतिखेर उनको उमेर १० वर्षको थियो । उनलाई यस विषयको निकै ठूलो अपशोच छ कि कोरियाली नागरिक र इस्लामबीच निकै ठूलो दूरी छ । यो दूरीका कारण प्रशस्त गलत बुझाइ पैदा भएको थियो ।

ओला भन्छिन्– दैनिक जीवनमा मुसलमानबारे थाहा पाउने र उनीहरूबारे बुझ्ने मौका कमै प्राप्त हुन्छ । किनकि, कोरियामा मुसलमानको संख्या खासै ठूलो छैन । हामी मुसलमानबारे जे सुन्छौँ, त्यसको माध्यम प्रायः समाचारहरू नै हुन्छन् । तर, मुसलमानहरू समाचारमा आउने परिस्थिति कुनै दुर्घटना या यस्तै कुनै अवस्थामा सिर्जन हुने गर्छ ।

ओला अगाडि भन्छिन्– र, यही कारणले गर्दा मुसलमानबारे नकारात्मक छवि बलियो हुँदै जाने गर्छ । कोरियाली जनता इस्लामलाई एक यस्तो धर्मका रूपमा हेर्ने गर्छन्, जसले महिलालाई कमजोर र अर्थहीन व्यक्तिका रूपमा हेर्छ र हिजाबको उपयोगलाई प्रश्रय दिन्छ ।

इस्लामको परिभाषा जाहिदको भनाइ छ– इस्लामको परिभाषालाई कथित इस्लामिक संगठनका चरमपन्थीहरूसित जोड्नु ठीक हुँदैन । चरमपन्थ कुनै देश होइन, कुनै संस्कृति होइन र कुनै धर्म पनि होइन । केवल केही मानिसले यसको माध्यमबाट पैसा कमाइरहेका छन् । चरमपन्थका परिभाषा पनि राजनीतिक कारणबाट परिवर्तन हुने गर्छन् । यी परिभाषा यतिबिघ्न लचिला छन् कि एकै प्रकारका जस्ता घटना कहीँ ‘आतंक’ बन्छन् भने कहीँ ‘गोली प्रहार’ ।

के भन्छन् तथ्यांक ? अमेरिकी गुप्तचर संस्था एफबिआईको तथ्यांकले बताउँछ कि २९८० देखि २००५ बीच भएका ९४ प्रतिशत चरमपन्थी आक्रमणमा गैरमुसलमान सामेल थिए ।

युरोपोलको तथ्यांकअनुसार २००९ मा युरोपमा दुई सय ४९ र २०१० मा दुई ९४ चरमपन्थी आक्रमण भए । यीमध्ये २००९ मा केवल एक आक्रमणमा कुनै मुसलमानमाथि सन्देह थियो । २०१० मा तीन घटनामा मुसलमान संलग्न भएको कुरा अगाडि आएको थियो ।

संसारभर हुने चरमपन्थी घटनाबारे जानकारी संकलन गर्ने संगठन ग्लोबल टेररिज्म डेटाबेसका अनुसार १९७० पछि एक लाख ७० हजार चरमपन्थी घटना भएका छन् ।

जाहिद प्रश्न गर्छन् कि संसारमा मुसलमानको जनसंख्या करिब एक अर्ब ८० करोड छ । अत्यन्त थोरै मुसलमानको कामका लागि पूरै मुस्लिम समाजलाई जिम्मेवार ठहर्‍याउनु कति जायज छ ? नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया