काठमाडौं । सरकारले भारतसँग सीमा जोडिएका दक्षिणतर्फका ७ नाकामा अध्यागमन कार्यालय राख्न गृहकार्य थालेको छ । विदेशी नागरिकका गैरकानुनी गतिविधि नियन्त्रण तथा अध्यागमन तथ्यांक व्यवस्थित गर्न इलामको पशुपतिनगरदेखि पर्साको ठोरीसम्मका आधा दर्जन नाकामा अध्यागमन कार्यालय स्थापना गर्न गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको हो । आजको कारोबार दैनिकमा खबर छ ।

गृह मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा इलामको पशुपतिनगर र मोरङको रानीमा अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ । पारस्पारिक सहमति र समन्वयबिनै भारतले इलामको पशुपतिनगर जोड्ने फाटक र मोरङको रानी जोड्ने जोगबनीमा कार्यालय स्थापना गरेर अध्यागमन अधिकारी खटाएपछि नेपाल पक्षले पनि आधादर्जन नाकामा अध्यागमन संयन्त्र स्थापनाको गृहकार्य थालेको हो । अध्यागमन कार्यालयको भौतिक संरचना र जनशक्तिका लागि साधनस्रोत व्यवस्थापन गर्नेवितिक्कै कर्यालय स्थापना गरिने गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया