एजेन्सी । बार्सिलोना स्टार स्ट्राइकर लियोनल मेस्सी तथा लुइस स्वारेज नखेलेको गएरातीको स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गतको खेलमा बार्सिलोना अर्को ला लिगा क्लब सेल्टा डि भिगोसँग बराबरीमा रोकिएको छ । अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनालाई सेल्टा डि भिगोले १–१ को बराबरीमा रोक्न सफल भएको हो । निकै नै रोमाञ्चक बनेको खेलमा जोसे अ्रनाइजले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए पनि खेलको ३१ औँ मिनेटमा सिस्टोले सेल्टाका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै टिमका तर्फबाट अर्को गोल हुन नसकेपछि खेल बराबरीमा रोकिन पुग्यो ।

तपाईको प्रतिक्रिया