काठमाडौँ । गत वैशाखमा मध्यविन्दु नगरपालिका ७ मा वडा सदस्य निर्वाचित लक्ष्मी सुनारले सांसद् नै हुँला भनेर कल्पनासम्म गरेकी थिईनन्।

वडामा जित्दा दंग परेकी थिईन् । अलिहे प्रदेश सांसद हुँदा खुसीको सीमा नै छैन। ‘पार्टीमा काम गर्दै गएपछि एक दिन अवश्य मुल्यांकन हुँदोरहेछ’, उनले भनिन्।

सदस्यमा निर्वाचित भएपछि उनले काम गर्ने तौरतारिका सिकिरहेकी थिईन्। वडामा सभा सम्मेलनको निम्तो आउँदा उपस्थित हुन्थिन्। यही मेसोमा प्रतिनिधि तथा प्रदेशसभा चुनाव आयो।

एमालेले समानुपातिकमा दलित महिला उम्मेदवार खोज्न थाल्यो। सल्लाहमै उनले वडा सदस्यबाट राजीनामा दिईनन् उम्मेदवार बनिन्।

एमाले जिल्ला संगठन कमिटी सदस्यसमेत रहेकी लक्ष्मीको साईकल पसल छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया