एजेन्सी । जल्दै गरेको शवबाट एक महिलाको पेट फुटेर नवजात शिशु बाहिर निस्किएको छ । घटना हो भारतको रायगढ़ भन्ने स्थानको ।

२२ वर्षकी गर्भवती महिलाको १७ जनवरीका दिन सुत्केरी हुने समय अस्पतालमा तत्कालै लगीए पनि जाँचमा उनको शरीरमा ५ ग्राम मात्रै हेमोग्लोबिन तत्व भएको पाइएपछि डाक्टरले उनलाई ३ पिन्ट रगत चाहिएको बताए । तत्काले फेरी चिकित्सकले अर्को रगत चाहिने बताएपछि परिवारले जसोतसो एक पिन्ट रगत खोजे । तर रगत ल्याउँदा ल्याउँदै उनको मृत्यु भयो ।

चिकित्सकको लापरवाहीका कारण गर्भवती महिलाको मृत्यभएपछि हंगामा नै भयो । तर जेनतेन अस्पतालसँग कुरा मिलाएर गाउँलेको पहलमा समस्या समाधान गरेर शव जलाउन लगियो । जब दन्किरहेको आगोमा जलेर सुत्केरको पेटबाट शिशु बाहिर निस्कियो धेरै रोए कराए भावुक बने । मृत महिलाको पेटबाट नवजात शिशु बाहिर निक्लेर चिता भन्दा केही पर पुग्यो । त्यो दृश्य देखिरहेका महिलाका पति चर्को स्वरमा रोए । उनले रुँदै भने डाक्टरको लापारवाहिका कारण मेरो श्रीमतीको मृत्यू भयो , मेरो त परिवार नै समाप्त भयो ।

तपाईको प्रतिक्रिया