भक्तपुर, २० पुस -सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारबाट सुन्दरवस्तीतर्फ जाँदै गरेको बा १० च ४९२९ नं. को मारुती भ्यानले ठक्कर दिँदा आज एक बालिकाको मृत्यु भएकोे छ ।

भ्यानले काभ्रे जिल्लाको मिल्छे घर भई हाल पाण्डुबजार बस्ने सरोज घ्यावाकी ११ वर्षीया छोरी लक्ष्मी घ्यावालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया