एजेन्सी । भनिन्छ मानिसको जीवनमा शिक्षाले विशेष भूमिका निर्वाह गर्छ । हरेक क्षेत्रमा मानिसको औपचारिक शिक्षाको निकै महत्वपूर्ण भूमिका र आवश्यकता हुन्छ ।

डिग्री वा स्नातकको अध्ययन बिना मानिस पूर्ण रुपमा असफल नै हुन्छ । तर बलिउडका केही सुन्दरीहरुले आफ्नो औपचारिक शिक्षा बिना नै विश्वमा तहल्का मच्चाएका छन् । केही यस्ता अभिनेत्रीहरु छन् जसले बलिउडमा मात्रै नभएर विदेशमा समेत अभिनय मार्फत जादु चलाउन सफल देखिएका छन् । जुन अभिनेत्रीमा ट्यालेन्टको कुनै कमी छैन तर शिक्षाको मामलामा निकै पछि छन् । जसमध्येकी एक हुन् भारतीय सुन्दरी नायिका काजोल ।

काजोलले जम्मा १२ कक्षा पढ्दा खेरी नै अभिनयमा हात हालिन् जसका कारण उनको अध्ययन एउटा सपना मात्र बन्न पुग्यो । जसका कारण उनले १२ पास पनि गर्न असमर्थ बनिन् । १६ वर्षको उमेरमै उनले चलचित्र अभिनय थालेकी काजोलले कैयौँ हिट फिल्म दिएर अहिले पनि उनका फिल्मको बलिउडमा मात्रै नभएर विश्व्मा नै चर्चा भइरहन्छ ।

तपाईको प्रतिक्रिया