ललितपुर। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सदर चिडियाखाना जावलाखेलमा रहेका सरकारी वन्यजन्तुलाई राष्ट्रिय शोक वा उत्सव समारोहमा बिदा मिल्दैन । वर्षभरि ३६५ दिन नै खुला रहने सदर चिडियाखानाको यो विशेषताका कारण चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या लोभ लाग्दो रहन गएको छ । आजको गोरखापत्रमा खबर छ ।

चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाका अनुसार सरदर वार्षिक ११ लाख अवलोकनकर्ता चिडियाखानामा वन्यजन्तु अवलोकनका लागि भित्रिरहेका छन् । चिडियाखानामा सबैभन्दा जेठो चाइनिज डेलिगेटर भनिने गोही छ भने ६५ वर्ष उमेरको हात्ती पनि छ । काकातुवा, चितुवा, चरीबाघ, बङ्गाल बाघ, सारस, धनेश, भुँडीफोरलगायतका जनावर र पक्षी यहाँको आकर्षण छ ।

तपाईको प्रतिक्रिया