ताजा खबर :- सोयाबिन प्रोटिन र विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छ । यसको प्रयोग स्वादिष्ट व्यञ्जनको लागि मात्र नभई स्वास्थ्य र सौन्दर्यसँग सम्बन्धित समस्याबाट छुटकारा पाउनको लागि पनि गरिन्छ । सोयाबिनको प्रयोग हुने यी ५ आश्चर्यजनक फाइदा जान्नुहोस् ।

१- सोयाबिनमा प्रोटीन, क्याल्शियम, फाइबर, भिटामिन ई, बी कम्लेक्स, थाइमीन, राइबोफ्लेविन अमीनो अम्ल, सेपोनिन, साइटोस्टेरोल,फेनोलिक एसिड एवम् अन्य पोषक तत्व हुन्छ, जुन लाभदायक हुन्छन् ।

२- यसमा भरिपूर्ण मात्रामा आयरन हुन्छ, जो विशेषगरी महिलाको लागि निकै फाइदायुक्त हुन्छ । एनिमिया र ओस्ट‍ियोपोरोसिस बाट जोगाई राख्न लाभदायक हुन्छ । यसैगरी कमजोरी हुँदा पनि यो निकै असरदार हुन्छ ।

३- सोयाबिन हड्डीको लागि पनि लाभदायक हुन्छ । यसले हड्डीलाई पोषण दिन्छ जसले हड्डी कमजोर हुने र टुट्ने खतरा कम हुन्छ । यसको सेवनले हड्डीको घनत्व बढाउन सहायक हुन्छ ।

४- ब्लडप्रेशर को समस्या हुँदा सोयाबिनको सेवन फाइदाजनक हुन्छ । विशेषगरी ब्लडप्रेशर बढ्ने स्थितिमा यसको सेवन गर्दा ब्लडप्रेशरलाई नियन्त्रण गरी यसलाई बढ्न दिँदैन ।

५- मधूमेह रोगीको लागि पनि यो निकै उपयोगी हुन्छ । यसले रगतमा ग्लूकोज मात्रा नियन्त्रण गरी यसलाई बढ्नबाट रोक्छ । यस तरिकाले तपाईको मधूमेह नियन्त्रण हुन्छ ।

तपाईको प्रतिक्रिया