ताजा खबर :- उल्टी आउनु कुनै गम्भीर समस्या भने होइन । यो त शरीरमा हुने कुनै अस्थायी समस्याको प्रतिक्रियाको रूपमा देखिन्छ । उल्टी आउनुको केही सामान्य कारणहरू जस्तै: धेरै खाना खानु, अत्यधिक जाँडरक्सीको सेवन, फूड पोइजनिंग, पेटको दुखाई, डिप्रेशन वा तनाव, गर्भावस्था र मोशन सिकनेस(लामो यात्रा गर्दा शरीर भारी हुनु)आदि हुन्  । उल्टी आउने समस्याबाट छुटकारा दिने यी हुन् १० घरेलू उपाय, जानी राखौँ ।

१- अदुवा

अदुवाले पाचन प्रणालीलाई स्वस्थ राख्नको लागि निकै मद्दत गर्छ । यसले उल्टीलाई रोक्नको लागि प्राकृतिक एन्टी-एमेटिक औषधीको रूपमा काम गर्छ ।

-एक चम्मच अदुवाको रस र कागतीको रस मिलाएर सेवन गर्नुहोस् । यसको हरेक एक-दुई घण्टामा १ पटक सेवन गर्नुहोस् जबसम्म उल्टी आउन बन्द हुँदैन ।

-वा अदुवा र महको चिया बनाएर पिउनुहोस् ।

२- चामलको पानी

चामलको पानीले उल्टी रोक्न मद्दत गर्छ । अझ विशेषगरी जब यो ग्यास्ट्रिकको कारण हुन्छ । चामलको पानी बनाउँदा सादा चामलको प्रयोग गर्नुपर्दछ किनभने यसमा अधिक मात्रामा स्टार्च हुन्छ र यो सजिलै पाचन हुन्छ ।

-डेढ कप पानीमा एक कप चामल हालेर उमाल्नुहोस् ।

-अब यस पानीलाई छानेर सेवन गर्नुहोस् ।

३- दालचिनी

दालचिनीले पेटलाई शान्त गर्न मद्दत गर्छ र पाचन सम्बन्धि समस्याले हुने उल्टीलाई पनि रोक्छ ।

-एक कप उम्लिएको पानिमा डेढ चम्मच दालचिनी पाउडर मिलाउनुहोस् । तपाई पाउडरको साटो दालचिनीको स्टिक पनि प्रयोग गर्न सक्नुहुन्छ ।

-अब यसलाई छान्नुहोस् ।

-तपाई यसमा एक चम्मच मह मिलाउन सक्नुहुन्छ ।

-अब यसलाई बिस्तारै-बिस्तारै चियाको रूपमा सेवन गर्नुहोस् ।

(नोट- यस उपचारलाई गर्भवती महिलाले सेवन गर्नुहुँदैन् ।)

४-पुदिना

पुदिनाको चियाले पनि उल्टी रोक्न मद्दत गर्छ । विशेषगरी जब यो पेट खराब  हुँदा हुन्छ ।

-डेढ चम्मच सुख्खा पुदिनाको पातलाई एक कप पानीमा हाल्नुहोस् र यसलाई ५-१० मिनेटको लागि उमाल्नुहोस् । अब यस चियालाई छानेर सेवन गर्नुहोस् ।

-यदि तपाईसँग ताजा पुदिनाको पात उपलब्ध छ भने यसलाई चपाएर सेवन गर्नुहोस् ।

-या त एक-एक चम्मच पुदिनाको जूस र कागतीको रसमा दुई चम्मच महको मिश्रण बनाउनुहोस् । यस मिश्रणलाई दिनमा तीन पटक सेवन गर्नुहोस् ।

५- स्याउको सिरका

स्याउको सिरकाले पेटलाई शान्त गर्छ र विषहरण(detoxification)को प्रक्रिया बढाउँछ । यसमा एन्टीमाइक्रोबियल प्रोपर्टीज हुन्छ, जसले फूड पोइजनिंग (food poisoning) ठिक गर्न मद्दत गर्छ ।

-दुई-दुई चम्मच स्याउको सिरका र महलाई एक गिलास पानीमा मिलाएर सेवन गर्नुहोस् ।

-उल्टीको गन्धको कारण अझ उल्टी हुनसक्छ । यसकारण आफ्नो श्वासलाई ताजा बनाउनको लागि डेढ चम्मच पानीमा एक चम्मच स्याउको सिरका मिलाएर मुख कुल्ला गर्नुहोस् ।

६- ल्वांग

ल्वांगमा सुथिंग प्रोपर्टीज हुन्छ, जसले पाचन प्रक्रियालाई सन्तुलित राख्न मद्दत गर्छ र उल्टीको समस्यालाई पनि कम गर्छ । यसले विशेषगरी पेटको जूसको असन्तुलनको कारण हुने उल्टीलाई कम गर्न मद्दत गर्छ ।

– एक-दुई ल्वांग चपाएर खानुहोस् वा यसको चिया बनाएर सेवन गर्नुहोस् ।

-या त केही भुटेको ल्वांगलाई महको साथमा निल्नुहोस् ।

७- जीरा

उल्टीको उपचार गर्नको लागि जीरा सबैभन्दा राम्रो र सहज घरेलू उपाचार हो । जीरा अग्नाशयको एन्जाइमको स्रावलाई बढाउन मद्दत गर्छ,जसले पाचन प्रक्रिया सन्तुलित रहन्छ ।

-डेढ चम्मच जीरालाई पानीमा उमालेर पिउनुहोस् ।

-एक कप पानीमा एक चम्मच जीरा र एक चुट्की जायफल मिलाएर उमाल्नुहोस् । अब यसलाई छानेर चियाको रूपमा सेवन गर्नुहोस् ।

-या त, एक चम्मच महमा थोरै जीराको पाउडर र इलायची पाउडर मिलाएर बिस्तारै-बिस्तारै सेवन गर्नुहोस् ।

८- सौफ

सौफ पाचन प्रक्रियालाई बढाउँछ र उल्टी आउने समस्यालाई कम गर्छ । यसमा एन्टीमाइक्रोबियल प्रोपर्टीज हुन्छ, जसले पेटको फ्लू ठिक गर्छ ।

-एक कप पिसेको सौफलाई एक कप पानीमा हालेर १० मिनेटको सम्म उमाल्नुहोस् । अब यसलाई छानेर सेवन गर्नुहोस् ।

-केवल सौफलाई चपाएर खाँदा पनि यसको पुरा फाइदा लिन सकिन्छ ।

९- प्याजको रस

प्याजको रसमा एन्टीबायोटिक प्रोपर्टीज हुन्छ । यसकारण यो उल्टी आउने समस्यालाई तुरुन्त आराम दिन्छ ।

-एक-एक चम्मच प्याजको रस र अदुवाको रस मिलाएर सेवन गर्नुहोस् ।

-डेढ कप प्याजको रसमा दुई चम्मच मह मिलाएर सेवन गर्नुहोस् ।

१०- नमकिन बिस्कुट

उल्टी आउने समस्याबाट आराम पाउनको लागि नमकिन बिस्कुट पनि निकै लाभदयाक हुन्छ । यो सजिलै डाइजेस्ट हुन्छ र पहिले रहेको पाचन समस्यालाई कम गर्न मद्दत गर्छ । पाचन सम्बन्धि कुनै पनि समस्या हुँदा नमकिन बिस्कुटको सेवन गर्नुहोस् ।

अतिरिक्त उपाय

-आफ्नो आहारमा हल्का र सहज रूपम पाचन हुनसक्ने खाद्य पदार्थ समावेश गर्नुहोस् । भोजन बिस्तारै-बिस्तारै चपाएर खानुहोस् ।

-तेलमा भुटेको खाद्य पदार्थको सेवन गर्नु हुँदैन ।

-प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्नुहोस् ।

-आफ्नो शरीरलाई आवश्यकता अनुसार आराम दिनुहोस् ।

-राती लामो समय सम्म जागाराम बस्नुहुँदैन ।

-मजबूत गन्ध( strong odors) जस्ता परफ्यूम आदि सेवनबाट टाढा रहनुहोस् ।

-खाना खाईसकेपछी तुरुन्त आराम गर्नुहुँदैन । १५-२० मिनेटको लागि खुला हावामा आराम गर्नुहोस् ।

यी सम्पूर्ण उपचारले अधिकांश समयमा उल्टीलाई रोक्ने काम गर्छ । यदि यी उपाय अपनाई कुनै सुधार नआएमा तुरुन्त चिकित्सक कहाँ उचित जाँच गराउनुहोस् ।

तपाईको प्रतिक्रिया