जाजरकोट, पुस १९ – मेला हेरेर घर फर्कने क्रममा सिस्नेरी भिरबाट लडेर आज जाजरकोटमा दुई युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कुशे गाँउपालिका–७ नारेका २८ वर्षीय किशोरकुमार सिंह र ३० वर्षीय जनकबहादुर नेपाली छन् । कुशे–५ ढिमेमा पाँच वर्षमा लाग्ने झादेउ मेला हेरेर फर्कने क्रममा उनीहरु भिरबाट लडेको प्रहरीले जनाएको छ । उनीहरु भीरबाट करिब पाँच सय मिटर तल खसेको र टाउकामा गम्भीर चोट लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया