एजेन्सी । बलिउड चर्चित नायक नायिका दीपिका पादुकोण र उनका प्रेमी रणवीरले लामो समयदेखिको गुपचुप रुपमा गर्दै आएको प्रेम रोमान्सलाई अब सेफ ल्याण्डिगं गर्ने भएका छन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले श्रीलंका पुगेर इन्गेजमेन्ट गर्ने तयारी गरेको छ । आगामी जनवरी ५ तारिक दीपिका पादुकोणको जन्मदिनको अवसरमा दीपिका र रणबिरले इन्गेजमेन्ट गर्ने तयारी गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

उक्त जन्मदिनको पार्टीमा सहभागी हुन् रणबिर सिंहको परिवार पनि श्रीलंका पुगिसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसअघि बलिउड नायिका अनुष्का शर्माले भारतीय क्रिकेटका कप्तान विराट कोहीसँग लामो सयमसम्म प्रेम रोमान्सपछि इटालीमा बिहे गरेका थिए । भारतीय कलाकार तथा सेलीब्रेटीहरुले पछिल्लो समय देशबाहिर बिहे गर्ने चलन पछिल्लो समय ह्वात्तै बढेको छ ।

तपाईको प्रतिक्रिया