काठमाडौँ । रमेश उप्रेतीले निर्माण गरेको फिल्म ऐश्वर्यबाट डेब्यू गरेकी नायिका दीपिका प्रसाईंको फिल्म हिट भयो । डेब्यू फिल्मबाट नै राम्रो छवी बनाउन सफल भएकी यि सुन्दरीले अर्को नयाँ फिल्म जानी नजानीमा काम गर्ने भएकी छिन् ।

यद्यपी उक्त चलचित्रमा उनी अझै औपचारिक रुपमा अनुबन्ध भने भएकी छैनन् । जानी नजानीमा उनको अभिनय रहने त भनिएको छ । तर, औपचारिक सम्झौता हुन बाँकी छ । फिल्म नपाउँदा कतिपय हिरोइन म्युजिक भिडियोमा हुँदै आएको पाइएता पनि दीपिका भने ऐश्वर्यमा अभिनय गरेपछि कहीँ कतै देखिएकी छैनन् । सुन्दरी ऐश्वर्यालाई चिनाउन एउटै फिल्म काफी भएपछि पक्कै पनि उनले राम्रो ब्यानर र राम्रो टिमबाट आँफू पुन दोस्रो फिल्ममा आउन खाजेको भने बुझ्न सकिन्छ ।

तपाईको प्रतिक्रिया