एजेन्सी -केही दिन पहिले बिहे गरेका बलिउडका चर्चित जाडी यतिबेला हनिमुन मनाउन दक्षिण अफ्रिका गएका छन् । उनीहरु त्यहा गएर किनमेल गरेको तस्विर सामाजिक संजालमा भाइरल भएको छ ।किनमेल गर्नु त नौलो भएन । तर, उनीहरुले ५० प्रतिशत डिस्काउन्ट खोज्दै त्यहाँ पुगेका देखिन्छ ।

५० प्रतिशतसम्म डिस्काउन्टको सेल बजारमा विराट र अनुष्का देखिएका हुन् । विराटले झोलामा केही सामाग्री झुन्ड्याएका छन् । यहि तस्वरि सार्वजनिक भएपछिउनीहरुलाई मजाक बनाइएको छ । कारण दुबै करोडौं कमाई गर्छन्, तैपनि डिस्काउन्ट खोज्दै हिँडेका छन् भन्ने रहेको छ ।तस्वीरमा विराट र अनुष्कासँगै शिखर धवनकी पत्नी आयशा पनि देखिन्छ । त्यसो त विराट त्यहाँ टिम इन्डियाका सदस्यसँगै पुगेका हुन् ।

तपाईको प्रतिक्रिया