एजेन्सी । वर्षौसम्म फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्मिन सम्भव छ ? अमेरीकामा सन् १९९२ अक्टोबरमा विकसित भ्रूणबाट एक बालिकाको जन्म भएको छ । जुन भू्रण फ्रिजमा राखिएको २५ वर्ष भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । यो घटना एक महिना अघिको हो ।

२५ वर्ष ‘फ्रिज’ गरेर राखिएको भू्रणबाट जन्मिएकी बालिकाको नाम एम्मा ह्रेन गिब्सन राखिएको छ । अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार टेनेसी विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार इतिहासमै यो सबभन्दा लामो समय फ्रिजमा राखिएको भ्रूण हो, जसले बच्चाको स्वरूप पाएको हो । टिना गिब्सन र उनका पति बेन्जामिनबाट बच्चा नहुने भएपछि उनीहरूले फ्रिज गरिएको भ्रूणको उपायबाट एम्मालाई जन्म दिइएको हो । करिब १ महिना अघि जन्मिएकी ति बालिकाको तौल २ किलो ९ सय ग्राम छ रहेको छ ।

तपाईको प्रतिक्रिया